Friday May 17, 2024
BS 2081 Jestha 4
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

६ महिनामा ऊर्जामा साढे ४५ अर्ब लगानी

Feb 22, 2017 under Business/Economy 516 , National 834

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा ४५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । 
नेपाल राष्ट्र बैंकले कृषि तथा जलस्रोतमा गरी कुल कर्जाको १५ प्रतिशतसम्म लगानी गर्नुपर्ने सीमा तोकेपछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेको हो । यो रकम कुल कर्जा लगानीको २.९ प्रतिशत हो । 

चालु आवमा बैंक तथा वित्तीय संस्थाको लगानी बढेर १८ खर्ब ९५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत पुस मसान्तसम्म वाणिज्य बैंकहरूको लगानीमा रहेको कर्जामध्ये उत्पादनशील क्षेत्रमा २ खर्ब ५४ अर्ब १ करोड रुपैयाँ लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो रकम कुल कर्जाको १५.९ प्रतिशत हुन आउँछ । चालु आवमा बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक क्षेत्रमा २० प्रतिशत न्युनतम लगानी गर्नुपर्ने सीमा तोकेको छ । यो सीमा पुरा गर्न अझै ५ प्रतिशत कर्जा लगानी बढाउन बाँकी छ । यसमध्ये कृषि क्षेत्रमा कुल कर्जाको ६.४ प्रतिशत लगानी भएको छ । कृषिमा १ खर्ब २ अर्ब २५ करोड रुपैयाँ लगानी भएको छ । 

पछिल्लो समयमा ओभरड्राफ्ट, रियल स्टेट, हायर पर्चेज तथा शेयरको धितोमा प्रवाह भएको कर्जासमेत बढ्दै गएकोले यसबाट उत्पादनशील क्षेत्रमा आवश्यक वित्तीय स्रोतको कमी नहोस् भन्नेतर्पm सजग रहनुपर्ने देखिएको राष्ट्र बैंकको भनाई छ ।

“क”, “ख” तथा “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा न्यूनतम् ५ प्रतिशत, ४.५ प्रतिशत र ४ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा  à¤ªà¥à¤¸ मसान्तसम्म क्रमशः ५.६ प्रतिशत, ६.५ प्रतिशत र ४.६ प्रतिशत कर्जा प्रवाह गरेका छन् । 

कर्जा संरचनामा महत्वपूर्ण अंशको रूपमा रहने निजी क्षेत्रतर्फ कर्जा विस्तार छ महिनामा २० प्रतिशत हुने प्रक्षेपण रहेकोमा पुसमा ३०.९ प्रतिशत पुगेको छ ।

कुल आन्तरिक कर्जाको वृद्धिदर चालु आवमा २५ प्रतिशत प्रक्षेपण गरिएकोमा पुससम्म २४ प्रतिशत विस्तार भएको छ । 
     

Baarakhari.com
No news.
Australian Dollar to Nepalese Rs